
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले बुधवार ताइवानको संसदमा सम्बोधन गरेकी छन् ।
मंगलवार ताइवान पुगेकी पेलोसीले बुधवार ताइवानको संसदलाई सम्बोधन गर्दै ताइवान विश्वको सबैभन्दा स्वतन्त्र समाजमा पर्ने बताएकी छन् ।
उनले अमेरीका र ताइवानबीच आफूले संसदीय आदानप्रदान बढाउन चाहेको समेत बताएको बीबीसीले जनाएको छ ।
पेलोसीलाई संसदका उपराष्ट्रपति साई ची–चाङले स्वागत गरेका थिए ।
बुधवार नै पेलोसीले ताइवानी राष्ट्रपति त्साई इंगवेनसँग भेटवार्ता गर्ने बताइएको छ ।
त्यसपछि उनी ताइवानबाट फर्कने छिन् ।
यता पोलीसीको ताइवान भ्रमणबाट चिढिएको चीनले बुधवारदेखि नै तीन दिने सैन्य अभ्यास गर्ने भएको छ ।