कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।
बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ४० देखि ४५ रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ५८ रुपैयाँदेखि ६० रुपैयाँसम्म कायम गरिएको छ ।
रातो आलु (भारतीय)को मूल्य ३६ देखि ३८ रुपैयाँ छ ।
यस्तै सुकेको प्याज (भारतीय) ३५ देखि ३७ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।
कागती प्रति किलो २०० रुपैयाँदेखि २५० रुपैयाँसम्म कारोबार भइरहेको छ ।
कुरिलो प्रतिकिलो ४०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म कारोबार भइरहेको छ ।
हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची


