२३ जेठ २०८३, शनिबार

डोनबासमा रुसको तुलनामा आफूहरू कमजोर रहेको जेलेन्स्कीले गरे स्वीकार

साउन १८, २०७९
डोनबासमा रुसको तुलनामा आफूहरू कमजोर रहेको जेलेन्स्कीले गरे स्वीकार

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले डोनबासमा नारकीय लडाइँ चलिरहेको बताएका छन् । 

आफ्ना सैनिकहरूको तुलनामा रुसी सैनिक तथा हतियारको संख्या निकै बढी भएको उनले बताए । उनले अमेरिका र उसका साझेदारसँग हिमार्स हतियार प्रणाली लगायत थप हतियार दिन समेत अपील गरेका छन् । 

युक्रेनीहरूलाई मंगलवार पाँच मिनेट सम्बोधन गर्दै जेलेन्स्कीले हिमार्सका लागि अमेरिकाका राष्ट्रपति जो बाइडन र नेटोलाई धन्यवाद दिए । त्यो हतियार अत्यन्तै प्रभावकारी रहेको बताउँदै उनले अतिक्रमणकारी रुसीहरूलाई थप दुःखदायी क्षति गराउने बताए । 

अमेरिकाले युक्रेनलाई अहिलेसम्म १६ वटा हिमार्स रकेट पठाएको छ । त्यसमध्ये चारवटालाई ध्वस्त पारेको दाबी रुसले गरेको छ । 

‘सहयोगीहरूले हतियार पठाइरहेको भए पनि हामी आर्टिलरी र जनशक्तिमा रुसको अग्रता तोड्न सकिरहेका छैनौं,’ जेलेन्स्कीले बताए, ‘पेस्की, आव्दिव्का लगायतका स्थानमा त्यसको असर हामीलाई परिरहेको छ । त्यहाँ नर्कको स्थिति छ । शब्दमा त्यसलाई वर्णन गर्न सकिँदैन ।’ 

salt training

कमेन्ट गर्नुहोस्