१२ असार २०८३, शुक्रबार

एनआईसी एसिया बैंकले १६ पदमा माग्यो कर्मचारी, यसरी दिन सकिन्छ आवेदन

एनआईसी एसिया बैंकले १६ पदमा माग्यो कर्मचारी, यसरी दिन सकिन्छ आवेदन

एनआईसी एशिया बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरूको खोजीका लागि भन्दै विभिन्न १६ पदमा दरखास्त आह्वान गरेको हो ।

निश्चित 'क्राइटेरिया म्याच' गर्ने इच्छुकहरूले बैंकको वेबसाइट www.nicasiabank.com/current-vacancies मा गएर २०७९ भदौ १ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको छ ।

बैंकले डिजिटल बैंकिङ, मार्केटिङ, आईटी, ब्लगरलगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरू माग गरेको हो ।

वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सिर्जना गर्न सफल एनआईसी एसियाले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

हेर्नुहोस्, विज्ञापन :

salt training

कमेन्ट गर्नुहोस्