२५ जेठ २०८३, सोमबार
मधेशका मुख्यमन्त्रीकै कार्यक्रममा अनियमितता

मुख्यमन्त्री 'बेटी पढाऊ, बेटी बचाऊ' अन्तर्गत साइकल खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

साउन १८, २०७९
मुख्यमन्त्री 'बेटी पढाऊ, बेटी बचाऊ' अन्तर्गत साइकल खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

मधेश प्रदेशको 'मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ' कार्यक्रम अन्तर्गत साइकल खरिद प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलिप प्रधानसहित १० कर्मचारी र एक कम्पनीलाई विपक्षी बनाएर बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मधेश प्रदेश सरकारले यस कार्यक्रमअन्तर्गत दुई चरणमा गरी २७ हजार साइकल खरिद गरेर वितरण गरेको थियो । त्यसक्रममा एक चरणमा १० र अर्को चरणमा १७ हजार साइकल खरिद गरेर वितरण गरिएको थियो ।

१७ हजार साइकल खरिद गर्दा तोकिएको ब्रान्डलाई छाडेर ब्रान्ड नै नखुलेको साइकल खरिद गरिएको र १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।


salt training

कमेन्ट गर्नुहोस्