
नेपालमा लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालको एक चीन नीतिको प्रशंसा गरेकी छन् ।
बुधवार ट्वीटरमा लेख्दै यान्छीले नेपाल लामो समयदेखि एक चीन नीतिमा प्रतिबद्ध रहेको र ताइवान स्वायत्तताको विपक्षमा रहेको उल्लेख गरेकी हुन् ।
यान्छीले भनेकी छन्, ‘चीनले ‘एक चीन सिद्धान्त’प्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ‘ताइवान स्वतन्त्रता’को दृढ विपक्षमा रहेको कुराको प्रशंसा गरेको छ ।’
चीनको अधिनमा रहेको ताइवानमा अमेरिकाको सक्रियताप्रति चीनले कडा विरोध जनाउँदै आएको छ ।
अमेरिकी सभामुख न्यान्सी पलोसी मंगलवार ताइवानको राजधानी ताइपेई पुगेकी छन् ।
अमेरिकाले ताइवान स्वतन्त्र सार्वभौम राज्यको रूपमा रहनुपर्ने बताउँदै आएको छ ।
ताइवानको विषयमा अमेरिका र चीन आमने–सामन्ने भइरहेको बेलामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन नीतिको पक्षमा रहनु नै ताइवान स्वतन्त्रताको विपक्षमा रहनु भन्ने अर्थमा उल्लेख गरेकी छन् ।