सप्तरी, १३ साउन - पुराना मधेसवादी नेता पञ्चुप्रसाद गुप्ताको निधन भएको छ । राजविराज नगरपालिका–७ निवासी ७२ वर्षीय गुप्ता लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । राष्ट्रिय जनता पार्टी निकटका उद्योग मञ्चका केन्द्रीय सदस्य गुप्ताको बुधबार राति निधन भएको परिवारजनले बताए ।
गरेका थिए । बिहीबार अन्तिम श्रद्धाञ्जलिका लागि निवासस्थलमै राखिएको उनको पार्थिव शरीरमा राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव, सहमहासचिव जयप्रकाश ठाकुर, केन्द्रीय सदस्यद्वय दीपेन्द्र चौधरी, विशेश्वर रजक, जिल्ला संयोजक सुनिलकुमार झा लगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
बिहीबारै उनको सप्तकोशी किनारमा अन्त्येष्टि गरिएको छ । जेठा छोरा सुरेशले मुखाग्नी दिए ।