०१ साउन २०८३, शुक्रबार

माओवादी बैठकमा प्रचण्डले गरे पार्टी विघटन गर्ने कुरा

कात्तिक २०, २०७४
माओवादी बैठकमा प्रचण्डले गरे पार्टी विघटन गर्ने कुरा
काठमाडौँ, १३ साउन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा भएको छ ।
माओवादीले सशस्त्र युद्धदेखि शान्ति प्रक्रियाका दुई दशकसम्म विभिन्न चरण पार गर्दै गणतन्त्र, संघीयतालगायत मूल राजनीतिक कार्यभार पूरा गरेको भन्दै उनले अब दल विघटन गर्दा फरक नपर्ने बताएका हुन्, आजको कान्तिपुरमा खबर छ ।prachanda

‘माओवादी एउटा आन्दोलन थियो पार्टीमात्रै थिएन, हामीले २० वर्षअघि बनाउने भनेको माओवादी हिजोआजको जस्तो माओवादी थिएन,’ पाँच दिनअघि ७ साउनमा सकिएको माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकमा उठेका टिप्पणीको जवाफ दिने क्रममा दाहालले भने, ‘सबै साथीहरुबाट आएका विचारहरु समान किसिमका छन्– ‘गुटबन्दी मौलायो । नीतिमूखी होइन, नेतामुखी भइयो । जनतामा जान सकिएन । चुनाव लड्ने अनुभव भएन । अब हामीसँग सच्याउनै नसकिने गरी कमजोरी बढिसकेका हुन् भने पार्टी नै विघटन गर्नेबारे सोच्न सकिन्छ ।’

उनले बैठकमा कार्ल माक्र्स र एंगेल्सको उदाहरण दिदै थपे, ‘कम्युनिस्ट इन्टरनेसनलमा वैचारिक विवादहरु बढदै गएर व्यक्ति र गुटमूखी प्रवृत्ति मौलाएपछि माक्र्स र एंगेल्सले त्यसलाई विघटन गर्नुभएको थियो । त्यसबेला उहाहरुको खुबै विरोध र आलोचना भयो । कालान्तरमा उहाँहरुले लिएको निर्णय सही रहेछ भन्ने पुष्टि भयो । हामीले आफ्ना गुरुहरुबाट किन नसिक्ने ?’

salt training

कमेन्ट गर्नुहोस्