०८ साउन २०८३, शुक्रबार

‘सम्हालिन्छ कहिले मन’मा त्रिकोणात्मक प्रेमकथा, ट्रेलर सार्वजनिक

‘सम्हालिन्छ कहिले मन’मा त्रिकोणात्मक प्रेमकथा, ट्रेलर सार्वजनिक

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सुदर्शन थापा निर्देशित चलचित्रको २ मिनेट ५५ सेकेन्डको ट्रेलर शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । 

भदौ १७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेम सम्बन्धलाई चित्रण गरिएको छ । सुगम पोखरेलको स्वरमा रहेको सुपरहिट गीत ‘सम्हालिन्छ कहिले मन’ चलचित्रमा समावेश गरिएको छ । 

गायक समेत रहेका सोनमले यही चलचित्रबाट अभिनयमा डेब्यू गरेका हुन् । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ल, मरिस्का पोखरेल लगायतको अभिनय छ । 

महेश दवाडीको लेखन रहेको चलचित्रको निर्माता अमित बस्नेत, अजितकुमार थापा र परी राना हुन् । सौरभ लामाको छायाँकन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन छ । चलचित्रमा समावेश गीत ‘जरुरी कुरा छ’ यसअघि नै हिट भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्