२३ असार २०८३, मंगलबार

पछिल्लो २४ घण्टामा थपिए ९१२ नयाँ कोरोना संक्रमित, थप १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ९१२ नयाँ कोरोना संक्रमित, थप १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा मुलुकभर ९ सय १२ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार कूल ६ हजार ४ सय ९१ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार २ हजार ९ सय ४१ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २९ र ३ हजार ५ सय ५० नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । 

पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । 

संक्रिय संक्रमितमध्ये ५ हजार ५ सय ८७ जना होम आइसोलसनमा, १ सय ७३ जना संस्थागत आइसोलेसन, ४२ जना आईसीयू र २ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । 

त्यसैगरी विगत २४ घण्टामा ३ सय ७० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्