साउन २७, २०७९
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर उच्च जोखिममा परेका छन् । पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घरहरू पनि जोखिममा छन् । उर्लेनीको बिसौनीबा...
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले कोभिड–१९ को नयाँ भेरियन्टका सन्दर्भमा अध्ययन गर्न संक्रमितको ‘जिन सिक्वेनसिङ’ गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रवार बसेको सीसीएमसीका पदाधिकारीको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका सबै व्यक्ति तथा आईसीयू र एचडीसीयूमा रहेका बिरामीमध्ये प्राविधिक रूपले सम्भव भएसम्म कोभिड भाइरसको ‘जीन सिक्वेन्सिङ’ गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
बैठकले होम आइसोलेनसमा रहेका व्यक्तिबारे मन्त्रालयसहित प्रदेश र स्थानीय सरकारबाट अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको सहसचिव शंकर नेपालले जानकारी दिए ।
उनका अनुसार बैठकमा कोभिड–१९ संक्रमणको पछिल्लो अवस्थाबारे समीक्षा गरिएको थियो । संक्रमण दर बढ्दो क्रममा रहे पनि अस्पतालमा भर्ना दर न्यून रहेको तथा कोभिडबाट मृत्यु भएका व्यक्तिको अध्ययन गर्दा अन्य गम्भीर प्रकारका रोग समेत लागेको पाइएको बैठकमा जानकारी गराइएको थियो ।
बैठकले कोभिड–१९ संक्रमितको उपचारका लागि अस्पतालमा शय्या संख्या, आईसीयू तथा भेन्टिलेटरको पर्याप्त व्यवस्था रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको तर कोभिड–१९ प्रति अझै सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालेको छ ।
संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालन गर्न नागरिकमा अनुरोध पनि गरिएको छ ।
बैठकले सिंहदरबार एवं भीडभाड हुने सरकारी निकायमा मास्कको प्रयोग अनिवार्य गर्न आग्रह गरेको र मास्क लगाए/नलगाएको सन्दर्भमा सिंहदरबारभित्र गृह मन्त्रालयल र अन्य सरकारी निकायमा सम्बन्धित निकायका प्रमुखबाट अनुगमन गर्ने निर्णय पनि गरेको छ ।
निर्माण सम्पन्न भएका होल्डिङ सेन्टरको सञ्चालनका लागि तर्जुमा गरिएको सञ्चालन कार्यविधिको मस्यौदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर उच्च जोखिममा परेका छन् । पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घरहरू पनि जोखिममा छन् । उर्लेनीको बिसौनीबा...
उपसभामुख पुष्पा भुषालले नेपाल भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । रक्षावन्धनको अवसरमा आज पर्साको वीरगञ्जमा नेपाल–भारत सहयोग मन्चद्व...
वर्षाले हाल तीन पूर्ण र १२ सडक आंशिकरुपमा अवरुद्ध रहेको छ । कर्णाली राजमार्ग, साँफबगर–मार्तडी–कोल्टी सडक र बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रबेसी सडकका विभिन्न खण्डका सडक अवरुद्ध रहेका ...
राष्ट्रपति विद्यादेवी भण्डारीे रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप रक्षाबन्धन ग्रहण गरेकी छन् । आज राष्ट्रपति भवन महाराजगञ्जमा उनले पण्डित खेमचन्द्र ढकालबाट रक्षाबन्धन ग्रहण गरेकी हुन् । उनले काठमाडौँक...
जिल्ला प्रशासन कार्यालय तनहुँमा पर्याप्त कर्मचारी नहुँदा दैनिक सेवा लिन आउने सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । कर्मचारी थोरै भएकाले काम ढिलो हुँदा दैनिक कार्यालयको परिसरमा सेवाग्राहीको भीड लाग्ने गरेको छ ।...
विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ ।झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथ...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...