३१ जेठ २०८३, आइतबार

सप्तकोशी नदीले प्रभावित बाढीपीडितलाई राहत

सप्तकोशी नदीले प्रभावित बाढीपीडितलाई राहत
प्रतिकात्मक तस्वीर

उदयपुरको बेलका नगरपालिकाका विभिन्न स्थानमा सप्तकोशी नदीको बाढी प्रवेश गर्दा विस्थापितलाई प्रदेश सरकारसहित विभिन्न क्षेत्रबाट राहत सहयोग गर्न थालिएको छ ।

नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङसहित प्रदेश नम्बर १ सरकार सहितका विभिन्न निकायबाट बाढीबाट विस्थापितलाई राहत दिइएको छ ।

उपमेयर जीरा राईका अनुसार जिल्ला प्रशासनबाट बाढी पीडितको लागि चाउचाउ, पानी, म्याट, भुजा, बिस्कुट सहितका सामग्री उपलब्ध गराइएको छ । प्रदेश १ सरकारबाट चामल, दाल, खाने तेल र नून सहयोग दिइएको छ । 

बाढी पीडितलाई नगरको विभिन्न स्थानको विद्यालयमा राखिएको र उनीहरूलाई खान, बस्न र अन्य उपभोग्य सामग्रीको नपुग व्यवस्था नगरपालिकाले गरिरहेको छ ।

सोमवार र मंगलवार आएको सप्तकोशी नदीको बाढीले बेलकाको कोशी नदी तटीय क्षेत्रका सिसौलिया, डुम्रीबोट, सातपत्रे, एबीसी, श्रीलंका टापु, तपेस्वरी, करैया, भागलपुर सहितका स्थानका २ हजार ५०० विस्थापित भएको नगरपालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्