साउन २७, २०७९
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमा सहमति भएका विषयलाई समेटेर नै सरकारले सदनमा पेस गरेर पारित गरेको बताएका छन् । उनले वर्षौँदेखि नागरिकताविहीन युवाहरुको भावनालाई सम्बोधन गर्न सरकारले दलहरुबीच सहमत...
काठमाडाैं | साउन २०, २०७९
गृहमन्त्री बालकृष्ण खाँणले विपदको घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । शुक्रबार गृहमन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँणले विपद जुनसुकै बेला आउन सक्ने भएकोले पूर्वसूचना प्रणालीलाई चुस्त बनाउँदै तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
बैठकमा उपस्थित विषयगत मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुलाई गृहमन्त्री खाँणले जिल्लास्तरीय मातहतका निकायलाई समन्वयात्मक ढंगले काम गर्नेगरी संयन्त्र बनाउन पनि निर्देशन दिए । मनसुन जन्य विपदले निम्त्याउने जोखिम हरेक वर्ष बढिरहेको अबस्थालाई मध्य नजर गर्दै सबै निकायले आफूसँग भएका पूर्व सूचनालाई बाँडेर काम गर्न पनि गृहमन्त्री खाँणले निर्देशन दिए ।
विपदजन्य जोखिम बिरुद्ध लड्न एक्लै सम्भव नभएकाले स्थानीय सरकार र प्रदेश सरकार सँग मिलेर योजना बनाएर काम गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिए । मनसुनको सिजनमा सबैभन्दा पहिला बाटो बिग्रने र अवरोध सृजना हुने भएकोले स्थानीय बाटो सडकलाई बिग्रन नदिने बिग्रिहाले समयमा नै मर्मत गर्ने अवरोध हटाउन विशेष ध्यान दिएर काम गर्न सबै निकायलाई निर्देशन दिए ।
यस्तै बैठकले विपद सम्बन्धी कोष परिचालन गर्ने कार्यविधि पास गरेको छ । विपद सम्बन्धी कोष परिचालन गर्ने कार्यविधि पास भए पछि सरकारले बनाएको कोषबाट रकम निकालेर राहत उद्धारमा आवश्यक खर्च गर्न अर्थमन्त्रालयको स्वीकृती लिनुपर्ने अवस्था हटेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमा सहमति भएका विषयलाई समेटेर नै सरकारले सदनमा पेस गरेर पारित गरेको बताएका छन् । उनले वर्षौँदेखि नागरिकताविहीन युवाहरुको भावनालाई सम्बोधन गर्न सरकारले दलहरुबीच सहमत...
जिल्ला प्रशासन कार्यालय तनहुँमा पर्याप्त कर्मचारी नहुँदा दैनिक सेवा लिन आउने सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । कर्मचारी थोरै भएकाले काम ढिलो हुँदा दैनिक कार्यालयको परिसरमा सेवाग्राहीको भीड लाग्ने गरेको छ ।...
जनैपूर्णिमा पर्वका अवसरमा स्नानका लागि पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजन फर्कने क्रम जारी छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार करीब १० हजार भक्तजनले गोसाइँकुण्ड दहमा स्नान तथा प...
वर्षाले हाल तीन पूर्ण र १२ सडक आंशिकरुपमा अवरुद्ध रहेको छ । कर्णाली राजमार्ग, साँफबगर–मार्तडी–कोल्टी सडक र बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रबेसी सडकका विभिन्न खण्डका सडक अवरुद्ध रहेका ...
विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ ।झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथ...
म्याग्दीको तीन स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकमा एक हप्तापछि सिधा यातायात सञ्चालन भएको छ । मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखु खोलाको सडक पुल, पिल्लर र पहुँचमार्ग सं...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...