काठमाडौं १३ साउन– संसदको चौथो ठूलो दल राप्रपाले तराई मधेशका समस्या समाधानमा सरकार गम्भीर नबनेको आरोप लगाएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा शुक्रवार बसेको पार्टी पदाधिकारीको बैठकले मुलुकका समस्या समाधानका लागि सरकार उदाशीन बनेको आरोप लगाएको हो ।
सरकार विस्तारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुलाई उपेक्षा गरेका भन्दै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने बिषयमा समेत बैठकमा कुरा उठेको थियो ।
बैठकले केन्द्रीय समितिले पारित गरेका निर्णय अनुमोदन गर्दै नेपाली नाेटमा पृथ्वीनारायण शाहको फोटो राख्न तथा ६० बर्ष कटेका जेष्ठ नागरिकलाई बृद्धभत्ता दिने निणृय गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको सहायक महामन्त्री राजाराम बतौंलाले लोकान्त्रलाई जानकारी दिए ।
सरकारलाई दिएको समर्थन फिर्ताको बिषयमा भने कुनै निर्णय नभएको उनले बताए ।