×

NMB BANK
NIC ASIA

विभिन्न मुद्दामा फरार पाँचजना पक्राउ

साउन २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

धनुषा प्रहरीले विभिन्न मुद्दामा फरार पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा विगत दुई वर्षदेखि फरार धनुषाको शहीदनगर नगरपालिका–३ यदुकुवा निवासी ६५ वर्षीया अमेरिका देवी पासवानलाई गरिएको छ । इलाका प्रहरी कार्यालय यदुकुवा धनुषाबाट खटिएको प्रहरी टोलीले यदुकुवा बजारबाट पासवनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

Muktinath Bank

    यस्तै अपहरण शरीर बन्धक तथा जबर्जस्तीकरणी मुद्दामा फरार धनुषाको धनौजी गाउँपालिका–४ निवासी १९ वर्षीय रोहित मण्डललाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिगो मुद्दामा धनुषा जिल्ला अदालतबाट रु ५३ हजार जरिवाना सजाय पाएर फरार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ निवासी ५० वर्षीय मनोजकुमार सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सिंहलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको प्रहरीको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    बैंकिङ कसुर मुद्दामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा निवासी ३७ वर्षीय सञ्जयकुमार झालाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार झालाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । 


Advertisment
Nabil box
Kumari

    यसैगरी बिगो मुद्दामा धनुषा जिल्ला अदालतबाट छ महिनाको कैद सजाय पाएर फरार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२१ निवासी ५४ वर्षीय काशिकान्त झालाई पक्राउ गरेको छ । प्रहरी चौकी बालुवा धनुषाबाट खटिएको प्रहरी टोलीले अदालतबाट कैद सजाय पाएर फरार झालाई जनकपुरधामस्थित आँखा अस्पताल नजिकबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिनुभयो । आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको प्रहरीको भनाइ छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x