
राजधानी काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको छ ।
शनिवार बिहान भूकम्पको धक्का महसूस गरिएको हो ।
नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बेलकोटगढी केन्द्रविन्दु भएर बिहान ५ः२६ बजे भूकम्प गएको जानकारी दिए ।
भूकम्पको काठमाडौंमा कडा धक्का महसूस गरिएको छ । नुवाकोटसहित धादिङ, रसुवा, गोरखा, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा पनि भूकम्पको महसूस भएको बताइएको छ ।
गत साउन १५ गते खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।