२१ जेठ २०८३, बिहीबार

'मुबारकाँ' फिल्म रिभ्यु : पूरै परिवारका साथ बसेर हेर्न सकिने चलचित्र

कात्तिक २०, २०७४
'मुबारकाँ' फिल्म रिभ्यु : पूरै परिवारका साथ बसेर हेर्न सकिने चलचित्र


फिल्म : मुबारकाँ

निर्देशक : अनीस बज्मी
कलाकार : अनिल कपूर, अर्जुन कपूर, इलियाना डिक्रुज, अथिया शेट्टी, नेहा शर्मा, पवन मल्होत्रा
विधा : कमेडी
रेटिङ : ३/५

निर्देशक अनीस बज्मी कमेडी फिल्मका लागि प्रसिद्ध छन् । उनको नयाँ फिल्म ‘मुबारकाँ’ पनि कमेडी नै हो ।

यसको कथा लन्डनमा भएको एक सडक दुर्घटनाबाट शुरु हुन्छ । दुर्घटनामा पति र पत्नीको मृत्यु हुन्छ तर उनीहरूका जुम्ल्याहा बच्चाहरू करण र चरण (अर्जुन कपूर दोहोरो भूमिकामा) बाँच्छन् । उनीहरूका काका करतार सिंह (अनिल कपूर) उनीहरूलाई फरक फरक ठाउँमा छोडिदिन्छन् । करणलाई उनले लन्डनमा बस्ने आफ्नी दिदी (रत्ना पाठक शाह) अनि चरणलाई पञ्जाबमा बस्ने भाइ बलदेव (पवन मल्होत्रा) कहाँ छोडिदिन्छन् ।

करण र चरण ठूलो भएपछि आ–आफ्ना गर्लफ्रेन्ड बनाउँछन् । करणले स्वीटी (इलियाना डिक्रुज) र चरणले चाहिँ नफीसा (नेहा शर्मा) लाई मन पराउँछन् । तर चरण लन्डन आएपछि बिकल (आथिया शेट्टी) लाई मन पराउन थाल्छन् । कथामा ट्विस्ट त्यतिखेर आउँछ जतिखेर करणको बिहे बिकलसँग अनि चरणको चाहिँ स्वीटीसँग हुन थाल्छ । तर यो कन्फ्युजन सिर्जना गर्ने करतार सिंहले नै यसलाई हटाउने प्रयत्न गर्छन् । उनले कसरी यो गर्छन्, थाहा पाउनलाई तपाईंले फिल्म नै हेर्नुपर्ला ।

अनीस बज्मीको निर्देशन उम्दा छ । फिल्मको छायांकन र लोकेसनहरू पनि गजबका छन् । डायलगहरूले दर्शकलाई पेट मिचीमिची हाँस्न बाध्य बनाउँछन् । फिल्ममा कन्फ्युनका कारण हास्यरस उत्पन्न हुन्छ र यस्तो कमेडीका लागि बज्मी प्रसिद्ध नै हुन् ।

सबभन्दा राम्रो कुरा फिल्ममा कतै पनि अश्लीलता छैन ।

तर यसको कमजोर पक्ष भनेको लम्बाइ हो । एडिट गरेर घटाउन सकिन्थ्यो ।

फिल्ममा कमेडीका साथसाथै इमोसनहरू पनि देख्न पाइन्छ ।

फिल्ममा अनिल कपूरले काकाका रूपमा रमाइलो अभिनय गरेका छन् । डबल रोल गर्न गाह्रो हुन भएपनि अर्जुन कपूरले यसलाई सहज तरिकाले निर्वाह गरेका छन् । रत्ना पाठक र पवन मल्होत्राको अभिनय पनि राम्रो छ ।

तीनैजना हिरोइनको काम ठीकठीकै छ ।

चलचित्रको संगीत पनि राम्रो छ । तर गीतहरू स्क्रिप्टमा नमिलाइकन राखिएको जस्तो देखिन्छ ।

पूरा परिवारसँग मिलेर हाँस्दै हाँस्दै हेर्न सकिन्छ यो फिल्म ।

दैनिक भास्करबाट

salt training

कमेन्ट गर्नुहोस्