०३ असार २०८३, बुधबार

मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह

मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह

सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते र आसपास ठूलो वर्षा भएको छ ।
 
पछिल्लो ३ देखि ६ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ ।

बाढी पुर्वानुमान    महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका वासिन्दालाई आग्रह गरेको छ ।

खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिए । तालामारांका स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर अर्यालले बताए ।

मेलम्ची नगरपालिका–२ निबु गाउँमा शुक्रवार राति पहिरो गएको छ । राति १०ः१५ बजे गएको पहिरोले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । केही घर जोखिममा परेको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्