×

X
Nic Asia
Marvel

वनारसबाट उत्तरमध्यमा गरी काठमाडौं फर्केर गोपाल गाउँले साथीहरूसँगै नरदेवीतिर बस्न लाग्यो । साथीहरू बिहानै खाना खाएर माडवारीको काममा जान्थे, ऊ जागिर खोज्न । विदेशमा पढेर आएको गोपाललाई नेपालको भूगोल र इतिहासको ज्ञान थिएन, जसले गर्दा जागिर पाउन निकै गाह्रो भयो ।

DHARA
LAxmi BAnk

त्यसैले हुनुपर्छ, यतै बसेर पढाइ अघि बढाउने निधो गर्‍यो तर यसैका लागि पनि सानोतिनो जागिर खानैपथ्र्यो । यस निम्ति साथीहरूका साथमा माडवारी कहाँ काम माग्न पनि नगएको होइन तर भनेजस्तो किन हुन्थ्यो र साहुले उसको कुरा सुन्नै चाहेनन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यत्तिकैमा एक दिन रसुवातिरका एक सज्जन भेटिए । रसुवातिर गए शिक्षक जागिर सजिलै पाइन्छ भन्ने सल्लाह दिएकाले त्यतै जाने विचार गर्‍यो उनले । 

त्यतिबेला रसुवाका जिल्ला शिक्षा अधिकारी थापाकाजी रहेछन्, जल्दाबल्दा प्रधानमन्त्री सूर्यबहादुर थापाका भतिजा । उनी जस्ता ठूला मानिसलाई गोपालजस्तो झुत्रेको कुरा सुन्ने फुुर्सद कहाँ थियो र ? दरबन्दी छैन भन्ने छोटो र रुखो बोलीमै पन्छिन निको माने । फर्कंदा उसलाई निलकण्ठ माध्यमिक विद्यालय वेत्रावतीमा छिर्न मन लाग्यो, जुन बाटामै पथ्र्यो ।


Advertisment
Bizbazar
Saurya island

प्रधानाध्यापक चितवनतिरका सुवेदीथरी रहेछन् । उनी भने सहयोगी र मिलनसार जस्ता लागे उसलाई । एकैछिनको कुराकानीपछि ७ कक्षाका विद्यार्थीलाई पढाउने अनुमति दिए । उसको पढाउने शैली शिक्षक, विद्यार्थी सबैलाई राम्रो लाग्यो तर उनीहरू पनि गरुन् के, आफ्नो हातमा केही थिएन । त्यसैले दशैंपछि आउन आग्रह गर्दै बिदा गरे उनीहरूले ।  

त्यसपछि दशैं मान्न घर पुग्यो, घर छाडेको झण्डै ६ वर्षपछि । त्यतिबेलासम्म गाउँमै पनि केही परिवर्तन देखिन थालिसकेको थियो तर खै कुन्नि किन हो, त्यतातिर ध्यान दिएन र दशैंलगत्तै पुनः काठमाडौं फर्क्यो फक्र्यो ऊ । यतिबेला भूगोल पार्कको भित्तामा गोरखापत्र टाँस्ने गरिन्थ्यो सर्वसाधारणका लागि । थाहा छैन अहिले त्यस्तो चलन छ कि छैन । हुनसक्छ नयाँ सत्ताका क्रान्तिकारी हाकिमहरूले पुरानो सत्ताको थोत्रो परम्परा किन पछ्याउने भनेर बन्दै पो गराए कि !

Vianet communication
IME BANK INNEWS

जेहोस् त्यतिबेलाका बेरोजगार युवाहरू त्यहीँ टाँसिएको गोरखापत्र पढेर जागिरको जोहो गर्थे । गोपालले पनि त्यस्तै गर्‍यो । ऊ दिनको एकपटक त्यहाँ पुग्थ्यो र सरसर्ती नजर घुमाउँथ्यो, कतै जागिरको विज्ञापन भेटिन्छ कि भनेर गोरखापत्रका पानामा । यत्तिकैमा एक दिन उसको आँखा नरदेवी आयुर्वेद अस्पतालले भान्छे मागेको विज्ञापनमा पर्‍यो । निवेदन लिएर त गयो तर अस्पताल प्रशासनले सर्टिफिकेटकोे प्रमाणित प्रतिलिपिसहित पेश गर्नु भनेकाले आपत पर्‍यो ।

त्यतिबेला बेरोजगार युवालाई जसरी अनुभव नभई जागिर नपाइने र जागिर नपाई अनुभव नहुने समस्या पथ्र्यो । त्यसैगरी सर्टिफिकेटको प्रमाणितप्रति पेश नगरी जागिर नपाइने र चिनजानको मानिस नभई सर्टिफिकेटको प्रतिलिपि प्रमाणित गराउन नसकिने समस्याको सामना गर्नुपथ्र्यो । जेहोस् चिनजानका हाकिम भेटिन्छन् कि भनेर खोज्दै जाँदा उसले एक अधिकृत कविराजलाई भेट्यो ।  

उनी तत्कालीन जानेमाने विद्वान् तीर्थराज आचार्यका जेठा छोरा शेषराज आचार्य रहेछन् । उनले प्रमाणपत्र हेरेपछि अनकनाउँदै सोधे, ‘भान्छा शाखा नै किन रोज्यौ भाइ, योग्यता अनुसारको जागिर पाएनौ ?’ 

उनको कुरा सुनेर के भएछ कुन्नि गोपालका दुवै आँखामा आँसु टलपलाउन थाले । उनलाई के लागेछ कुन्नि सायद गोपालका आँखाका आँसु हेर्न गाह्रो भएछ कि तत्कालै दयालु नजरले हेर्दै भने, ‘भान्छेको तलब नाम मात्रको हुन्छ, त्यसले के गर्छाै ? बरू मुखिया पनि मागे जस्तो लाग्छ म्याद बाँकी छ कि छैन बुझ्नु । रहेछ भने त्यसैमा निवेदन दिनु, हेरौं केही गर्न सकिन्छ कि !’ 

त्यसपछि गोपाल दौडिएर प्रशासनमा बुझ्न गयो । संयोगवश त्यसै दिन अन्तिम रहेछ । त्यसपछि उसले खुशी हुँदै सोही पदमा निवेदन दियो । निश्चित समयमा अन्तर्वार्तामा बोलाइयो । शेषराज उसैलाई नै कुरिबसेका रहेछन् । देख्ने बित्तिकै नजिक बोलाएर भने, ‘भनिदिएको छु । हेरौंला भनेका छन् । राम्रोसित अन्तर्वार्ता दिनू, अन्त कतै योभन्दा राम्रो हुने भए नहोला, नत्र त हुनुपर्ने हो ।’

हस् गुरु ! भन्दै उसले अन्तर्वार्ता दियो । २ जनाको निवेदन परेको रहेछ, दुवै पास भए । तत्कालै प्रयोगात्मक परीक्षाको कुरा आयो, जुन उसलाई थाहै थिएन । भएको के रहेछ भने अस्पतालले टाइपिस्ट मुखिया मागेको रहेछ । यो कुरा न उसले कसैलाई सोधेको थियो, न कसैले भनेका थिए । साथी हेर्दै नहेरी टाइपराइटरको किबोर्डमा हात कुदाउन लागे, ऊ हेरेको हेर्‍यै भयो । उसको हरिबिजोग देखेर अरू हाँस्न लागे, उसलाई भने रुनु न हाँस्नु भयो । 

त्यसपछि ढुनमुनिँदै ऊ पुनः वेत्रावतीतिर लाग्यो । प्रधानाध्यापक सुवेदी धुञ्चे जान लागेका रहेछन् । उनकै साथमा ऊ पनि लाग्यो त्यतै । संयोगवश उनै जिल्ला शिक्षा अधिकारी थापाकाजी फर्कंदै रहेछन् काठमाडौंबाट । सँगै भएकाले बाटामै आफ्नो दुःख बेसायो उसले, सुवेदी सरले पनि सक्दो सिफारिस गरे । 

उनको आश्वासन अनुसार भोलिपल्ट ३० रुपैयाँको राजस्व भौचरसहित निवेदन दिन गयो शिक्षा कार्यालयमा ऊ । शिक्षा अधिकारी आ.का. गर्ने तोक लगाएर निस्के । प्रशासनका नासुले उठाएको टिप्पणीमा सिफारिस गर्दै शाखा अधिकृतले भने, ‘गोल्जुङ निम्न माध्यामिक विद्यालयका लागि सिफारिस गरिदिएको छु, फागुन ५ गते आउनुहोला ।’

‘किन र सर ... ?’ गोपालको कुरा पूरा हुन नपाउँदै उनैले भने, ‘किनकि १ हप्तापछि डेढ महिनाको हिउँदे बिदा हुँदैछ ।’

त्यसपछि उसले त्यता बस्नुको औचित्य देखेन र रन्थनिँदै ओरालो लागेको थियो, धुञ्चेबाट कुनसड्को मनिगाउँ पुगेको पत्तै भएन । साँझ पर्न लागेकाले एउटा होटल मालिकसमक्ष गएर भन्यो, ‘दाजु ! एक रातलाई बास दिनुपर्‍यो । खानलाई ५ रुपैयाँ मात्र छ, जे आउँछ त्यही दिनुहोला ।’

होटल मालिक त्यतैका रैथाने सज्जन रहेछन् । उसको मुखमा हेर्दै भने, ‘पैसाका लागि होटल थापेको भए पनि द्रव्य पिचास नै होइनौं । पाहुनालाई देवतासरह मान्नुपर्छ भन्छन् । पैसा आफैंसँग राख्नुस्, भोलि काम लाग्छ । आजलाई खान र बस्न निःशुल्क पाउनुहुन्छ ।’

गोपालले त्यो रात त्यही बितायो, भोलिपल्ट झिसमिसेमै उठेर हिँड्यो । मध्यन्नतिर सामरी भञ्ज्याङ् नजिक जोर चौतारो पुग्यो, जहाँ गाउँकै घले दिदी सानो पसल थापेर बसेकी रहिछिन् । उसलाई देख्ने बित्तिकै आश्चर्य मान्दै भनिन्, ‘ओए कान्छा ! तिमी ? का’बाट नि ?’

‘कतै पनि होइन दिदी !’ 

‘तबै त कान्छा ! काँ जान हिँड्या भन्या नि !’

‘कतै पनि होइन दिदी ! अहिलेलाई यति बुझ्नुस् भोक लाग्या छ केही खान दिनुस् ।’

‘हामीले प’का भात नि खान्छौ र ? जात जाला नि काठा ?’

‘पकाउन भ्याइन्न दिदी, एक पुडिया बिस्कुट, एक पोका ग्लुकोज र एक करुवा पानी दिनुस् ।’

उनले नजिकै धाराबाट एक करुवा चिसो पानी ल्याएर दिइन् । साथमा बिस्कुट र ग्लुकोज पाकेट पनि थिए । उसले बिस्कुट मर्‍याकमुरुक चपायो र ग्लुकोज घोलेको एक करुवा पानी एकै सासमा पिएर बाटो लाग्यो ।

भोलिपल्ट साँझ घर पुग्यो । थकाइले कतिबेला रात बित्यो, पत्तै पाएन । भोलिपल्ट पँधेरामा गएर मिचिमिची आङ र लगाएको लुगाको मयल पखाल्यो तर पुसको महिना, सिमसिम परेको पानी मरिकाटे लुगा सुक्या होइन, त्यसैले पर्सिपल्ट एकजोर पातलो कुर्ताशुरुवालको भरमा पुनः काठमाडौंतिर लाग्यो ।  

विगतमा जस्तै १ दिन भूगोलपार्कमा गोरखापत्र पढ्दै थियो, उसको आँखा पुनर्वास विभागले ४ जना अस्थायी खरिदार मागेको विज्ञापनमा पर्‍यो । उसले हतपत गर्दै निवेदन दियो र भनसुनका लागि तत्कालीन रा.पं.स. हरिबहादुर थापासमक्ष पुग्यो । पहिले त उनले पनि टार्न खोजेका थिए तर संयोगवश कुनै अपरिचित सज्जन त्यहीँ रहेछन् । उनले थापाकाजीलाई हप्काउँदै भने, ‘अरू कुरा थाहा छैन, यो भाइलाई तैंले जागिर लगाइदिनै पर्छ ।’

त्यसपछि उनलाई के लागेछ कुन्नि भोलि आउनु भनेर पठाए । भोलिपल्ट भनेकै समयमा गोपाल उनीसमक्ष पुग्यो । उनले तत्कालै विभागका महानिर्देशकलाई भेटाए, उनकै कार्यकक्ष थापाथलीमा गएर । महानिर्देशक श्यामकुमार श्रेष्ठ रहेछन् साह्रै असल मानिस । हुन्छ, हेरौंला, अन्तर्वार्ता दिनुस् भन्दै वन मन्त्रालयतिर लागे ।

निश्चित समयमा अन्तर्वार्ता भयो । ८० जनाको दरखास्त परेको रहेछ । प्रत्येक दिन २० जनाको दरले ४ दिनमा अन्तर्वार्ता सकियो । अन्तर्वार्तामा महानिर्देशकलाई नदेखेर हुँदैन कि जस्तो लागेको थियो उसलाई तर उपनिर्देशकलाई भनिदिएका रहेछन् । केही दिनपछि ४ जनामध्ये दोस्रो स्थानमा उसको नाम निस्क्यो ।

केही दिनपछि नियुक्ति पनि पायो, महाकाली अञ्चल क्षेत्रीय बसोबास कार्यालयको खरिदार पदमा । २–४ दिन विभागमै बसी केही पेस्की लिएर अन्धकार जीवनमा बल्लबल्ल बल्न लागेको आशाको दियो बोकेर महेन्द्रनगरतिर लाग्यो । त्यसपछि कता पुग्यो अहिलेसम्म पत्ता लागेको छैन ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ८, २०७९

गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरे ।...

भदौ २७, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताएकी छन् । सोमवार काठमाडौंमा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरूलाई पुरस्कार वितरण गर्दै उनले यस्तो बताएकी...

भदौ २५, २०७९

नेपाली चलचित्रले मौलिक नेपालीपनलाई प्रतिबिम्बित गर्न सके मात्र दर्शकको मनमस्तिष्कका राज गर्न सक्छ भन्ने तथ्यको उदाहरण ‘ऐना झ्यालको पुतली’ले प्रस्तुत गरेको छ । गाउँको श्रव्य, दृश्य र गन्धलाई समेत यथार्थवादी...

भदौ २६, २०७९

टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा भएको छ । नेपाली भाषाका कविहरूको प्रतिभालाई संसारसामु प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा गरिएको हो ...

भदौ ३१, २०७९

मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरूद्वारा १५ जना स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ । वर्ष २०७९ को कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, धीरेन्द्र प्रेमर्षि (सिरहा), ज्...

असोज १, २०७९

कवि एवं कूटनीतिज्ञ कृसु क्षेत्रीले ‘कालजयी नेपाली कविता’ नामक ऐतिहासिक कृतिको सम्पादन गरेका छन् । सुवानन्द दासको पहिलो नेपाली कविता ‘पृथ्वीनारायण’ (विक्रम संवत् १८३१) देखि समकालीन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x