×

NMB BANK
NIC ASIA

भागिरथको गायन यात्रा : बाल्यकालीन सपना, ... अनि ‘झमझम झम्काना’ !

‘जब टिकटकमा चल्यो, तब यूट्युबमा भ्युज बढ्यो’

साउन २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

केही हप्तायता टिकटकमा निकै छाएको छ ‘झमझम झम्काना’ । गीतका टुक्कामा लाखौं टिकटक बनेका छन् । १ हप्ताभन्दा लामो समयसम्म यूट्युब ट्रेन्डिङको १ नम्बरमा रह्यो गीत ।

Muktinath Bank

यतिबेला भने करोड क्लबको नजिक–नजिक पुगिसकेको छ । सम्भवतः १–२ दिनमै गीतले यूट्युबमा करोड भ्युज पाउनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस वर्ष तीजलक्षित दर्जनौं गीत सार्वजनिक भएका छन् । त्यसमध्ये चर्चा केही सीमित गीतले मात्र पाए । ‘झमझम झम्काना’ त्यही सीमित मध्येको सबैभन्दा चर्चित गीत बनेको छ । 


Advertisment
Nabil box
Kumari

गीतले पाएको चर्चालाई लिएर यतिबेला यसका संगीतकार, गायक एवं मोडल समेत रहेका भागिरथ चलाउने निकै खुशी छन् । 

Vianet communication
Laxmi Bank

केही दिनअघि अनामनगरमा भेटिएका उनले सुनाए, ‘एकदमै रमाइलो, खुशी लागिरहेको छ । सबैले माया गरिदिनुभएको छ ।’

उसो त हरेक गीतलाई लिएर कलाकारमा एक किसिमको अपेक्षा हुने उनको भनाइ छ तर ‘झमझम झम्काना’लाई स्रोता–दर्शकले यतिबिध्न रुचाउँलान् भन्ने चाहिँ सोचेका थिएनन् भागिरथले । ‘गत वर्षको मेरो गीतभन्दा बढी गइदेओस् भन्ने थियो तर त्योभन्दा धेरै नै बढी चर्चित बन्यो,’ उनी खुशी सुनिए । 

त्यसपछि भ्युज बढेको बढ्यै

बोमबहादुर गाहा मगरको शब्द, भागिरथको संगीत, बिनोद बाजुरालीको सगीत संयोजनमा भागिरथ र सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘झमझम झम्काना’ गीतको भ्युज शुरूआतमा निकै कम थियो । 

प्रकाश भट्टको निर्देशन, गायक भागिरथ स्वयं र मोडल गीता ढुंगानाको अभिनय रहेको भिडियोले सार्वजनिक भएको २१ घण्टामा १७ हजार मात्रै भ्युज पाएको थियो । १ दिन २ दिन बित्यो, गीतको भ्युजको गति ‘स्लो’ नै थियो । बिस्तारै गीतका टुक्काहरूमा टिकटक बनाउनेहरू बढ्न थाले ।

यूट्युबमा भ्युजको गति पनि बढ्न थाल्यो । ‘टिकटकमा चल्न थालेपछि चौथौ/पाँचौं दिनबाट बल्ल भ्युजको गति बढेको हो,’ भागिरथ भन्छन्, ‘जुन गति आजसम्म कम भएको छैन, बरु झन् बढिरहेको छ ।’

उनी आफ्नो गीतको सन्दर्भमा स्रोतादर्शकलाई यूट्युबसम्म पुर्‍याउने माध्यम टिकटक बनिदिएको बताउँछन् । ‘हो यो गीत चल्नमा टिकटकको महत्त्वपूर्ण भूमिका छ,’ उनको स्वीकारोक्ति छ ।

यूट्युबमा आफ्नो गीत हेर्दै उनी अगाडि भन्छन्, ‘अहिले हरेक दिन ४–५ लाखका दरले भ्युज बढिरहेको छ ।’ यस वर्ष भागिरथका अन्य ३ वटा तीज गीतहरू पनि सार्वजनिक भएका छन् । ती गीतहरूले औसत भ्युज पाएका छन् ।

किन चल्यो ?

भागिरथसँगै ठ्याक्कै जवाफ छैन – गीत स्रोता/दर्शकले किन रुचाए ? तर आफ्नो गीत पृथकपनको कारण चलेको हुनसक्ने उनको अनुमान छ । 

उनी भन्छन्, ‘यो आइरहेका गीतभन्दा फरक छ जस्तो लाग्छ । सरल शब्द रहेको गीतको मेलोडी अलि फरक छ । आइरहेकाभन्दा फरक भएकै कारण चलेको जस्तो लाग्छ ।’ गीत चल्नुमा सबै पक्षको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । 

तीज मौलिक चाड भएकाले तामझामका साथ गीत बनाएर नचल्ने भनाइ छ ‘झमझम झम्काना’का निर्देशक प्रकाश भट्टको । केही दिनअघि भट्टले लोकान्तरसँग भनेका थिए, ‘तीज एउटा मौलिक चाड हो । अनेक तडकभडक एवं फिल्मी शैलीमा भिडियो निर्माण गरेर तीज गीत चल्दैन भन्ने कुरा यसले प्रमाणित गराएको छ । स्रोता/दर्शकले तीजमा सरल, मौलिक गीत खोज्दो रहेछ भन्ने यस गीतबाट बुझ्नुपर्ने हो ।’

बाल्यकालीन सपना पूरा गरिरहेका भागिरथ

अहिले चर्चामा रहेको ‘झमझम झम्काना’का गायक भागिरथको बाल्यकालीन सपना हो गायक बन्ने । अहिले आफ्नो बाल्यकालीन सपना पूरा गरिरहेका उनले यहाँसम्म आउन भने निकै कठोर संघर्ष गरेका छन् । 

सल्यान जिल्लाको सिद्ध कुमाख गाउँपालिकामा पर्छ उनको घर, जुन जिल्लाकै विकट गाउँपालिका मानिन्छ । सोही गाउँको किसान परिवारमा जन्मिएका उनको बाल्यकाल पढाइसँगै घाँस–दाउरा, मेलापात गरेर बित्यो । भागिरथ त्यही घाँस–दाउरा, मेलापात जाँदा अरुले गीत गाएको देखेर, सुनेर गायनप्रति आकर्षित भएको बताउँछन् । बिस्तारै उनलाई रेडियोमा बज्ने गीतहरूले औंधि आकर्षित गर्न थाल्यो । रेडियोमा राजन ठकुरी, विमलराज क्षेत्री लगायतका गीत विशेष मनपर्ने र उनीहरूको गीतहरू सुन्दै हुर्किएको सुनाउँछन् ।

‘उहाँहरूका गीतहरू रेडियोमा एकदमै सुन्थे । क्यासेटहरूमा समेत धेरै गीतहरू सुनें,’ उनी भन्छन्, ‘गायनमा लागेर उहाँहरूजस्तै चर्चित बन्ने सपना देख्थें ।’ बिस्तारै उनी भाका खिपेर गीत गुनगुनाउन थाले । ४–५ कक्षामा पढ्दा उनी छिमेकी एवं साथीभाइका माझ गायक भइसकेका थिए । उनको स्वर सुनेर छिमेकी एवं साथीहरूले भन्न थालिसकेका थिए, ‘स्वर राम्रो छ । तँ गायक हुनुपर्छ ।’ यस्तो भनाइले उनमा हौसला थपिन्थ्यो ।

स्कूलका सांगीतिक कार्यक्रमहरूमा गाएर पुरस्कार प्राप्त गर्न थाले उनी । गीत गाउने भएपछि बिहे–पूजाआजामा साथीहरूको रोजाइमा पर्थे भागिरथ । त्यतिबेलासम्म उनमा अठोट भइसकेको थियो – म गायक नै बन्ने हो । त्यही अठोटले उनलाई काठमाडौंसम्म डोर्‍यायो । गाउँमा हुँदा नै ललितकला क्याम्पस’मा संगीत पढ्न पाइन्छ रे भन्ने सुनेका थिए उनले । 

एसएलसी सकेपछि उनी संगीत पढ्छु र गायक बन्छु भन्ने सपना बोकेर काठमाडौं हिँडेका थिए । ‘कलाकारबाहेक अरु सपना देखिनँ । त्यही सपना पूरा गर्ने अठोटका साथ काठमाडौं हिँडें,’ उनले सुनाए ।

उनका लागि पहिलो आगमन थियो काठमाडौं । चिनेजानेका कोही थिएनन्, सोही कारण पनि काठमाडौंमा शुरूआती दिनमै उनले निकै संघर्ष गरेका छन् । 

ललितकला क्याम्पसमा भर्ना भएर संगीत पढ्न थाले उनी । काठमाडौंमा आफूलाई टिकाउन कमलपोखरीस्थित एक होटलमा भाँडा माझ्ने काम गर्न थाले । केही महिनापछि प्रमोसन भयो, सोही होटलमा वेटर बने । त्यतिबेलासम्म गीत गाउन सिकिसकेका थिए । त्यसपछि ठमेलको मस्र्याङदी दोहोरी साँझ घन्काउन थाले उनी । दोहोरी साँझमा गाइरहँदा आँट आयो गीत निकाल्ने ।

२०६८ सालमा गीत निकाले ‘मलेसिया साउदी दुबई छु’ । आफ्नै शब्द, संगीत रहेको गीत उनले विष्णु माझीसँग गाएका थिए । दशैंमा घर पुगेका थिए – रेडियोमा आफ्नो गीत बजिरहेको सुन्थे । समग्रमा गीत खासै नचले पनि जिल्लामा आफूलाई गायकका रूपमा चिनाएको उनले बताए ।

सोही वर्ष विष्णु माझीसँगको स्वरमा दोस्रो गीत ल्याए – हरे शिव राम । विष्णु माझीसँगै अर्को पनि गीत गाए – धर्तीमा जुन झार्नुपर्ने हो र ?’ त्यसपछि आएको गीत हो – कसलाई सोध्ने होला ? । विष्णु माझीसँगकै स्वरमा सार्वजनिक यस प्रेम वीरहको गीतले निकै चर्चा पायो । गीतले भागिरथलाई संगीत क्षेत्रमा छुट्टै पहिचान दिलायो । उनलाई चिन्नेहरू बढ्दै गए । दोहोरी साँझमा गुञ्जिने उनी मेला, महोत्सवतिर पनि गुञ्जिन थाले । सांगीतिक क्षेत्रमा केही सहज हुन थाल्यो ।

क्रमशः उनका अन्य गीतहरू रुचाइँदै गए । भागिरथले अहिलेसम्म ७५ भन्दा बढी गीतमा स्वर दिएका छन् । जसमध्ये ‘दिल चोरेको केशमा’, ‘गोरखपुरको सलाइँ’, ‘माया जोख्ने तुलो’, ‘नसिराउन कान्छु’, ‘फलाम पिटे तरवार’, ‘थोपडाले धोका दियो बरिलै’ हुँदै ‘झमझम झम्काना’ रुचाइएका गीतहरू हुन् । 

सांगीतिक कार्यक्रमका लागि देशदेखि विदेशसम्म पुगेका उनी सांगीतिक क्षेत्रबाट खुशी छन् । उनी जीवनभर संगीत क्षेत्रमै डुबुल्की मार्न चाहन्छन् । ‘केही गीतहरू रुचाइदिनुभएको छ । जसका कारण हिजोभन्दा आज काम गर्न केही सहज भएको छ, ‘कुराकानीको बिट मार्ने क्रममा उनले भने, ‘यद्यपि म अहिले पनि सिकिरहेको छु, सिक्दैछु । आजभन्दा भोलि कसरी राम्रो गर्ने भन्नेतर्फ सधैं सोच्नेछु । संगीत क्षेत्रबाट भने कहिल्यै टाढा जाने छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x