१२ साउन २०८३, मंगलबार

भीषण बाढीपछि सप्तकोशीमा ‘हाई अलर्ट’

भीषण बाढीपछि सप्तकोशीमा ‘हाई अलर्ट’

सप्तकोशी नदीमा बाढी बढेपछि ‘हाई अलर्ट’ जारी गरिएको छ । पानीको ठूलो बहाव बराहक्षेत्रमा देखिएको र यो पानी ब्यारेज आइपुग्न करिब २ घण्टा लाग्ने ब्यारेज प्रशासनले जनाएको छ । पानीको बहाव उच्च देखिएकाले हाई अलर्ट जारी गरिएको हो । 

बराह क्षेत्रमा देखिएको पानीको बहाव सप्तकोशी ब्यारेजमा आइपुगेपछिको अवस्था बताउन नसकिने स्थानीयबासीले बताएका छन् । कोशी ब्यारेजका सम्पूर्ण ढोका खोल्दा पनि पानीको ठूलो दबाब ब्यारेजमा पर्ने अनुमान गरिएको छ ।

कोशी ब्यारेजले ९ लाख क्युसेक पानीको बहाव धान्न सक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्युसेक माथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमका रुपमा लिने गरेका छन् । बराह क्षेत्रमा देखिएको पानी कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्युसेकको हाराहारीमा पुग्न सक्ने अनुमान छ ।

३ लाख क्युसेक पानी बराबरको स्थान ओगट्ने बालुवा ब्यारेजमा अहिले नै थुप्रिएकोले पानीले ब्यारेजलाई नै असर गर्छ कि भन्ने चिन्ता बढेको ब्यारेज प्रशासनले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्