१५ असार २०८३, सोमबार

जिप दुर्घटनामा एकजनाको मृत्यु, एकजना गम्भीर घाइते

कात्तिक २०, २०७४
जिप दुर्घटनामा एकजनाको मृत्यु, एकजना गम्भीर घाइते

कलैया, १३ साउन– पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बारा सिमरा–जितपुर उपमहानगरपालिका वडा नं १६ मा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

माछा राखेर काठमाडौँतर्फ गइरहेको ग२च २३२० नं को बोलेरो पिकअप जिप सो राजमार्गको गजुरा खोलामा खस्दा माछा व्यापारी झापा बिर्तामोड–९ बस्ने ४५ वर्षीय प्रभु सहनीको घटनास्थलमा मृत्यु भएको हो ।

जिप चालक चितवन, भरतपुर–७ बस्ने ४९ वर्षीय चिजमान श्रेष्ठ गम्भीर घाइते भई हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्