
काठमाडौं, १३ साउन — पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफलाई त्यहाँको सर्वोच्च अदालतले शुक्रवार एक फैसला सुनाउँदै पदका लागि अयोग्य ठहर गरेको छ ।

भ्रष्टाचारसम्बन्धी पनामा पेपरमा नाम आएपछि शरिफ विवादमा परेका थिए । प्रधानमन्त्रीको मुद्दा नेसनल अकाउन्टाबिलिटी ब्युरोमा पठाउन पनि अदालतले सिफारिश गरेको छ ।
शरिफमाथि सन् १९९० मा लन्डनमा घरजग्गा जोड्नका लागि सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेको थियो । पनामा पेपरमा शरिफका सन्तानहरूले यी घरजग अफशोर कम्पनीमार्फत व्यवस्थापन गरेको खुलासा गरिएको थियो ।
शरिफले लन्डनमा चारवटा महंगा फ्ल्याट किनेका छन् ।
न्यायाधीश असिफ सईद खोसाको अध्यक्षतामा पाँच न्यायाधीशको बेन्चले सर्वसम्मतिमा फैसला सुनाएको थियो ।
एजेन्सी