१५ असार २०८३, सोमबार

धादिङमा हेमो डायलायसिस सेवा सुरु

धादिङमा हेमो डायलायसिस सेवा सुरु

धादिङ अस्पतालले आजदेखि होम डायलायसिस सेवा सुरु गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले धादिङ अस्पतालमा निर्माण गरिएको हेमो डायलायसिस सेवा सुरु गर्दै प्रदेश सरकारले यस सेवालाई निरन्तरता दिन सहयोग गर्ने बताए । 

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा हेमो डायलायसिसकक्ष र सघन उपचारकक्षको निर्माण सम्पन्न गरेपछि सेवा सञ्चालनमा ल्याएको धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मधुकर दहालले बताए । 

एकै पटकमा चार जनाको डायलायसिस गर्न सकिने भौतिक संरचना बनाएको छ । सघन उपचारकक्ष पनि साथमै तयार गरिएको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत धादिङ, नुवाकोट, सिन्धुलीमा समेत डायलायसिस सेवा सञ्चालन गर्ने गरी काम भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्