
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा चेल्सीले संघर्षपूर्ण जीत निकालेको छ।
गुडिसन पार्कमा शनिवार राति भएको खेलमा चेल्सीले एभर्टनविरुद्ध १-० गोल अन्तरको साँघुरो जीत निकालेको हो ।
चेल्सीको जीत मा जोर्गिन्होले निर्णायक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा जोर्गिन्होले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई तीन अंक दिलाएका हुन् ।
यस जीत सँगै चेल्सीले सिजनको सुखद शुरूआत गरेको छ । चेल्सीले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।