×

NMB BANK
NIC ASIA

प्राविधिक बिषय अध्ययन गर्न सम्झौता

साउन २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्राविधिक विषय अध्ययनका लागि इलाम नगरपालिका र रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयबीच तीनवर्षे डिप्लोमा तहमा सञ्चालित कार्यक्रम अध्ययनका लागि सम्झौता भएको छ । यसमा पशु विज्ञान, बाली विज्ञान, वन विज्ञान, सिभिल इन्जिनियरिङ र फार्मेसी कार्यक्रमका कक्षाहरु सञ्चालन हुनेछन् । 

Sagarmatha Cement
Muktinath Bank

इलाम नगरवासी प्राविधिक विषय अध्ययन गरेर यहीँ रोजगारीको अवसर सिर्जना होस् भनेर प्राविधिक विषय अध्ययनका लागि कार्यक्रम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । चालु आव २०७९÷८० मा २४ प्रशिक्षार्थी नगरपालिकाबाट अनुदान सहयोगबाट छात्रवृत्ति प्रदान गर्नका लागि सम्झौता भएको हो । नगरप्रमुख केदार थापा र शिक्षालयका कार्यालय प्रमुख दीपक खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाभित्र बसोबास गर्ने जेहेन्दार साथै आर्थिक अवस्था कमजोर, विपन्न, दलित तथा महिलाहरुलाई पशु विज्ञानमा पाँच, बाली विज्ञानमा पाँच, वन विज्ञानमा पाँच, सिभिल इन्जिनियरिङमा पाँच र फार्मेसीमा चारजना प्रशिक्षार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने नगरप्रमुख  थापाले बताए । उनले क्षमता भएर पनि आर्थिक रुपमा पछि परेका परिवारका सदस्यहरुले प्राविधिक विषय अध्ययन गर्न नपाएको जनाउँदै यस्तो कार्यक्रम अगाडि सारिएको बताए। यो कार्यक्रमले विपन्न र पिछडिएका समुदायका छात्रछात्रालाई राहत मिल्ने बताइएको छ । 


Advertisment
Nabil box
Kumari

    इलामको रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा हाल देशभरिका विद्यार्थी प्राविधिक शिक्षा लिइरहेका छन् । रोजगारीको सुनिश्चितता हुने भएकाले पनि पछिल्लो समय प्राविधिक विषयमा धेरै विद्यार्थीहरुको रुचि बढ्न थालेको पाइएको छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x