०२ असार २०८३, मंगलबार

‘नोकिया नेपाल इनोभेसन डे २०२२’  सम्पन्न

‘नोकिया नेपाल इनोभेसन डे २०२२’  सम्पन्न

‘नोकिया नेपाल इनोभेसन डे २०२२’  सम्पन्न भएको छ । 

नोकियाले  फिनल्याण्डको दूतवाससँगको सहकार्यमा शुक्रवार सो कार्यक्रम सम्पन्न गरेको हो ।

वि.स. २०१७ मा नोकियाले नेपालमा आफ्नो उपस्थितिको स्थापना गरेको थियो भने हाल १० लाखभन्दा बढी नेपाली घरहरुसम्म आफ्ना ग्राहक अपरेटरहरु मार्फत उच्च गुणस्तरको फिक्स्ड ब्रोडब्यान्ड सेवा पुर्‍याउन सफल भएको कम्पनीले जनाएको छ ।

अब नेपाललाई ५ जी युगको लागि तयार पार्ने र डिजिटल क्रान्तिको हिस्सा बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ । 

कार्यक्रममा, नोकियाले आवश्यकतालाई सम्बोधन गर्न र त्यसका साथै अभूतपूर्व स्तरमा मानिसहरू, व्यवसाय र मेसिनरीहरूलाई निर्बाध रुपमा जडान गर्न, नयाँ सेवाहरू विकास गर्न र राजस्व चलाउने तरिकाहरूबारे छलफल गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्