×

X
Nic Asia
Khukuri

आसन्न संसदीय निर्वाचनका लागि दल दर्ता शुरू

काठमाडाैं | साउन २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतवारदेखि दल दर्ता शुरू गर्दैछ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक  निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराउन सूचित गरेको छ । आयोगमा साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई साउन २२ देखि ३१ गतेसम्म निवेदन दिन सूचित गरिएको छ ।

LAxmi BAnk
nabil BANK inside

निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मितिलगायत विवरण खुलाउनुपर्ने छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

यसैगरी दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति, राजनीतिक दलको संगठनात्मक स्वरुप केन्द्रीयस्तर र प्रदेशस्तरको छ÷छैन, त्यसको जानकारी खुलाउनुपर्ने आयोगले जनाएको छ । दल दर्ताका लागि प्रतिनिधिसभा सदस्यका लागि अनुसूची–१२ बमोजिम र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछुट्टै अनुसूची–१२ बमोजिमको निवेदन पेश गर्नुपर्नेछ ।

राजनीतिक दलसम्बन्धी ऐनबमोजिम दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी नियमावली बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।


Advertisment
Saurya island

दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली तथा घोषणापत्र, आर्थिक वर्ष २०७७÷७८ को वार्षिक लेखा परीक्षण प्रतिवेदनलगायतका आवश्यक कागजात पेश गर्नुपर्नेछ र दलको प्रमुख पदाधिकारीले दस्तखत गरी पेश गर्नुपर्नेछ ।

यसैगरी उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने गरी पदाधिकारी तोकिएको केन्द्रीय समितिको निर्णयसहित तोकिएको ढाँचामा पदाधिकारीको नाम पर, पद र सम्पर्क नम्बरसहितको दस्तखत नमूना पेश गर्नुपर्नेछ ।

Vianet communication
IME BANK INNEWS

दल दर्ताका लागि  संविधानबमोजिम राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने, राजनीतिक दलको विधानबमोजिम कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको हुनुपर्ने र दलको विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिबिम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्ने आयोगले जनाएको छ ।
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले सुरुवाती अग्रता बनाएका छन् । पाण्डेले ३७७ मत पाउँदा एमालेका कर्णाबहादुर थापाले ३७१ मत पाएका छन् ।  निर्वाचन आयोगको निर्णयपछि बाजुरामा रोकिएको मतग...

मंसिर १५, २०७९

दोलखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । कार्कीले १ हजार ६५४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९११ मत पाएका...

मंसिर १५, २०७९

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हालसम्म कुल एक करोड तीन लाख ६८ हजार ९० मत गणना भएको छ  । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत भएको समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)...

मंसिर १५, २०७९

बाजुराको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले फराकिलो अग्रता कायम गरेका छन् । शुक्रवार बिहानसम्मको मतगणनाअनुसार पाण्डेले ४ हजार २१४ मत पाउँदा नेकपा एम...

मंसिर १६, २०७९

स्याङ्जाको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पदमाकुमारी अर्यालभन्दा २ हजार ४१८ मतले अगाडि ...

मंसिर १५, २०७९

प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड ३ लाख मतगणना भएको छ । मतगणनामा नेकपा एमालेले २७ लाख ७२ हजार २७३ मत पाएको निर्वाचन आयोगले जनाएको छ । नेपाली कांग्रेसले २६ लाख ४२ हजार ६२२ मत र नेकपा माओवादी केन्द्...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x