३१ असार २०८३, बुधबार

‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टोर्नामेन्टमा ब्रिटिसले जित्यो उपाधि

‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टोर्नामेन्टमा ब्रिटिसले जित्यो उपाधि

द ब्रिटिस कलेजको आयोजनामा ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टोर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ । उक्त टुर्नामेन्टमा काठमाडौंका विभिन्न १३ वटा कलेजहरूबीच फुटसल प्रतियोगिता भएको थियो । 

उक्त खेलको फाइनल राउण्डमा ब्रिटिस र एपेक्स कलेजबीच प्रतिस्पर्धा भएको छ । शुक्रवार भएको यी दुई कलेजबीचको फाइनल खेलमा ब्रिटिस कलेजले एपेक्सलाई हराउँदै ब्रिटिस कलेजले उपाधि जितेको हो ।   

विजयी भएको ब्रिटिसले एक लाख नगद पुरस्कार पाएको छ ।

सो कार्यक्रममा ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिएका थिए । 

कलेजले पहिलो र दोस्रो द ब्रिटिस कप क्रमशः सन् २०१८ र २०१९ मा भएको थियो । तर, त्यसपछि लगातार दुई वर्ष कोरोना महामारीका कारण उक्त प्रतियोगिता हुन सकेको थिएन । तर, यो प्रतियोगितालाई थप रोमाञ्चक बनाउने रणनीतिका साथ पुनः गरिएको कलेजले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्