३१ जेठ २०८३, आइतबार

भीरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

भीरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ सिमखेतस्थित भीरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही जिल्लाको हेलम्बु गाउँपालिका १ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ शेर्पा गोरेटो बाटो हिँड्ने क्रममा शनिवार अपराह्न चिप्लिएर बाटोबाट करीब ५० मिटर तल मेलम्ची खोला माथिको भीरमा अड्किएका थिए । 

घटनाको जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना सुरक्षा बेश मेलम्ची र इलाका प्रहरी कार्यालय मेलम्चीबाट संयुक्त टोलीले उनको सकुशल उद्धार गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्