३२ असार २०८३, बिहीबार

महँगीको नाममा नेपालमा भोकमरी आउने खतरा बढ्यो– शान्ता चौधरी

महँगीको नाममा नेपालमा भोकमरी आउने खतरा बढ्यो– शान्ता चौधरी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सचेतक शान्ता चौधरीले बजार भाउ नियन्त्रण बाहिर जाँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाएकी छन् । आइतवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद चौधरीले महँगीको नाममा नेपालमा भोकमरी आउने खतरा रहेको बताएकी हुन् । 

‘बजार भाउ बढ्दा यो सरकारले टुलु–टुलु हेरेर बसेको छ । नेपालमा पनि एक झोला सामान किन्नको लागि एक झोला पैसा लिएर जानुपर्ने अवस्था नआउँला भन्न सकिन्न । धनीले त किनेर खान सक्लान, महँगीको नाममा भोकमरी आउछन सक्छ’ चौधरीले भनिन्, ‘सरकारको काम महँगीको साक्षी बस्ने होइन । तर, यो सरकार दलाल पूँजीवादको साक्षी बनेर बसेको छ । गठबन्धन खुस्किन्छ कि भनेर बसेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्