×

NMB BANK
NIC ASIA

चन्द्रमणिले ल्याए तीज गीत (भिडियोसहित)

साउन २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

तीज पर्वको परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा तीजको गीत सार्वजनिक भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

शुक्रवार सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न पाएका महिलाहरुलाई खुलेर नाच्न आग्रह गरिएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सोना अमात्य, शालिनी विष्ट भट्टराई, सम्झना भट्टराई, पूर्णिमा बानियाँ, सब्बु राना बमलगायत कलाकारको अभिनय छ ।


Advertisment
Nabil box
Kumari

चन्द्रमणि भट्टराईको शव्द, डेनी निरौलाको संगीत र सोना अमात्यको स्वरमा रहेको गीतलाई पारिवारिक परिवेश र सामाजिक कथामा खिचिएको छ । गीतको संगीत संयोजन योगेश काजीले र मिक्सिङ् पवन विश्वकर्माले गरेका हुन् ।

Vianet communication
Laxmi Bank

भिडियोमा सुबोल थापाको सह निर्देशन रहेको छ । यसलाई नवराज उप्रेतीले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका हुन् ।  

भिडियोको बारेमा निर्देशक विष्ट भन्छन्, ‘भिडियोलाई हामीले घरभित्रको परिवेशमा खिचेका छौँ । भिडियो खिच्न हामी पार्टी प्यालेसमा गएनौँ । हामीलाई थाहा छ, तीज पर्व पारिवारिक र सामाजिक पर्व हो । यसको मर्मलाई भिडियो निर्माणको मुख्य आधार बनाएका छौँ ।’

 पात्र चयनमा विषयमा कुरा गर्दै निर्देशक विष्टले, संयुक्त परिवारमा हुने हजुरआमा, आमा, फूपू, भाउजू, नन्द, छोरी बुहारी र उहाँहरुको मनोविज्ञानलाई भिडियोमा उतार्न खोजिएको बताए ।

'शृङ्गार, गरगहना र पहिरनमा ख्याल गरिएको छ । भिडियोलाई भड्किलो हुनबाट बचाउने प्रयास गरिएको छ,' विष्टको भनाइ छ ।   

विवाहित महिलाको शृङ्गार र शृङ्गारभित्रको भावनात्मक उत्सुकतालाई तीजको परम्परागत पक्षसँग जोडेर देखाएका छौँ । गायिका तथा नायिका अमात्य भन्छिन्, ‘दर खाने र हरितालिका तीजमा व्रत बस्ने मुख्य क्रियाकलापलाई पारिवारिक वातावरणमा प्रस्तुत गरेका छौँ ।’

गीत सिर्जना गर्दा तीज पर्वको संयोगान्त र वियोगान्त दुवै पक्षको विश्लेषण गरेर बदलिँदो परिवेश अनुकुल बनाउन खोजिएको छ ।

गीतकार भट्टराईका अनुसार, तीज कुनै बेला वेदनाका गीत गाउने पर्व थियो । त्यो पक्ष भनेको शास्त्रीय नभइ सामाजिक परिवेश थियो ।

'अहिले त्यो परिवेश फेरिएको छ । त्यसैले हामीले वेदनाका गीत गाउने समयलाई सामाजिक विकासको चरणका रुपमा सम्झना गर्दै परिवर्तित परिस्थितिलाई चित्रण गर्दै जानुपर्छ,' उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x