
इमर्जिङ नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त भएका छन् । गत शुक्रवार कम्पनीको सञ्चालक समितिको ७०औँ बैठकको निर्णयानुसार साउन २० गतेबाट नै लागू हुनेगरी उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।
हिरोवट युनिभर्सिटी युकेबाट बीबीए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेण्ट एण्ड बैकिङ लिमिटेडमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ ।
मर्चेण्ट एण्ड बैकिङ क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिँदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ ।