२९ जेठ २०८३, शुक्रबार

सरकारले स्वास्थ्य बीमालाई व्यवसायिक बीमाका रूपमा लियोः योगश भट्टराई

सरकारले स्वास्थ्य बीमालाई व्यवसायिक बीमाका रूपमा लियोः योगश भट्टराई

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक बीमाको रूपमा बुझिरहेको आरोप लगाएका छन् । आइतवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले स्वास्थ्य बीमालाई सामाजिक सुरक्षा भनेर बुझ्नुपर्ने बताए । 

सांसद भट्टराईले स्वास्थ्य बीमाको दायरा बढाउन माग गरेका छन् । अब स्वास्थ्य बीमा १ लाखबाट बढाएर १० लाख बनाउनुपर्ने उनको माग छ । उनले वर्तमान सरकारले ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न आनाकानी गरिरहेको आरोप लगाए । 

उनले सत्तारुढ पाँचदलीय गठबन्धन सरकारलाई पञ्चमुखी सरकारको संज्ञा दिएका छन् । गंगाललमा अस्पतालमा ६० वर्षे उमेरहदका कारण सेवानिवृत्त गर्नुपर्ने डाक्टरका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्रीको निर्देशनमा ६३ वर्षको उमेर हद गर्ने गरी नियमावली संशोधन गरिएकोप्रति सांसद भट्टराईले आपत्ति जनाए । 

‘गंगालालमा भोलि एकजना डाक्टरको ६० वर्षको उमेर हदले समय सकिँदै थियो, प्रधानमन्त्रीजीको निर्देशनमा शनिवारमात्रै स्वास्थ्यमन्त्रीको अध्यक्षतामा बैठक बसेर ६३ वर्षको उमेर हद गर्नेगरेर नियमावली संशोधन भएको छ,’ उनले भने, ‘म यो पञ्चमुखे सरकार, पञ्च टाउके सरकारलाई सोध्न चाहन्छु, एउटा मात्रै प्रधानमन्त्री हुनुहुन्न, कुर्सी एउटा छ र ४ जना डिफ्याक्टको प्रधानमन्त्री भएको सरकार यति बहादुर छ, उसले चाहे ६३, चाहे ८० वर्ष गर्नसक्छ । त्यो नागरिकको नागरिकता खिचेर ४० वर्षको नागरिकता बनाइदिनुहोस् । अरु २० वर्ष काम गर्न पाउनुहुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्