०५ असार २०८३, शुक्रबार

अवैध रूपमा लैजान लागेका विभिन्न देशको मुद्रासहित भारतीय नागरिक पक्राउ

अवैध रूपमा लैजान लागेका विभिन्न देशको मुद्रासहित भारतीय नागरिक पक्राउ

अवैधरूपमा लुकाई–छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्राहरूसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलबाट प्रहरीले राहदानी नम्बर जेड ५५६५७१५ बभएका ४३ वर्षीय अंकुर घनसे पटेललाई शनिवार दिउँसो पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ३ हजार ६०० अमेरिकी डलर, २ हजार १३० पाउण्ड स्टर्लिङ, ३ हजार २०० युरो, ४ हजार ४६५ यूएई दिराम र ४ हजार ६५० केन्याको स्टर्लिङ बरामद गरेको छ ।

फ्लाई दुबईको उडानबाट काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा जाँच गर्दा झोलामा अवैध रूपमा लुकाई लैजान लागेको उक्त मुद्राहरू फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्