०५ साउन २०८३, मंगलबार

निकोलाएभमा देशद्रोही खोज्ने नाममा स्थानीयहरूलाई सताउँदै युक्रेन

साउन २२, २०७९
निकोलाएभमा देशद्रोही खोज्ने नाममा स्थानीयहरूलाई सताउँदै युक्रेन

युक्रेनको दक्षिणी भागमा रहेको निकोलाएभ शहरमा स्थानीय अधिकारीहरूले देशद्रोही र पृथक्तावादी मानिसलाई खोज्ने नाममा स्थानीय बासिन्दालाई सताइरहेको खबर आएको छ । 

रुससमर्थक सोच राख्ने वा मस्कोको सेनालाई कुनै किसिमको सहयोग गर्ने मानिसलाई अधिकारीहरूले खोजिरहेको बताइएको छ । 

शुक्रवारस्थानीय सैन्य प्रशासनका प्रमुख भिटाली किमले शहरभरि दुई दिनको लकडाउन घोषणा गरेका छन् । शुक्रवार साँझबाट लागू गरिएको कर्फ्यु सोमवारसम्म कायम गरिने अपेक्षा छ । 

यस अवधिमा निकोलाएभवासीहरूलाई विशे अनुमति नलिइकन घरबाहिर निस्कन वा सार्वजनिक स्थानको भ्रमण गर्न निषेध गरिएको छ । आकस्मिक परेको खण्डमा प्रहरीको सुरक्षामा बाहिर निस्कन पाइने युक्रेनी समाचार संस्था युनियनले खबर दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्