०४ साउन २०८३, सोमबार

उपराष्ट्रपति पुनद्वारा भारतीय उपराष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना

उपराष्ट्रपति पुनद्वारा भारतीय उपराष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदीप धनखडलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् । 

उपराष्ट्रपति पुनले आइतवार शुभकामना सन्देश पठाउँदै भारतका नवनिर्वाचित उपराष्ट्रपतिको सफल कार्यकालको कामना गरेका हुन् । 

उपराष्ट्रपति पुनले सो सन्देशमा भारतका नवनिर्वाचित उपराष्ट्रपतिको कार्यकालमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्ध अझै सुदृढ तथा विस्तार हुने विश्वास व्यक्त गरेका उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्