
तेह्रथुमको मेन्छयायेम गाउँपालिकाका सबै विद्यालय बन्द गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्न थालेको भन्दै गाउँपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेकोे हो । भौतिक उपस्थितिमा पठनपाठन कार्य स्थगित गरिए पनि विद्यालयको आन्तरिक प्रशासन भने सुचारु रहने छ ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सोमवारदेखि ४ दिनसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने जनाएको छ । सूचनामा कोभिड १९ को पछिल्लो चरणमा देखिएको संक्रमणबाट विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको उल्लेख गरिएको छ । 