०१ साउन २०८३, शुक्रबार

चुनावमा सिट बाँडफाँटबारे कांग्रेसका प्रभावशाली नेताहरूसँग देउवाको छलफल

चुनावमा सिट बाँडफाँटबारे कांग्रेसका प्रभावशाली नेताहरूसँग देउवाको छलफल

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सिट बाँडफाँटबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र परामर्श थालेका छन् । पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली नेताहरूसँग देउवाले छलफल गरेका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजेदेखि छलफल चलिरहेको छ । मंसिर ४ को चुनावमा गठबन्धनबीच तालमेल गर्नेबारे गत शुक्रवार औपचारिक सहमति भएको थियो । 

पेचिलो मानिएको सिट बाँडफाँटबारे देउवाले पार्टीमा छलफल गरेका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रामचन्द्र पौडेल, शेखर कोइरालालगायत बैठकमा सहभागी छन् । 

कोभिड संक्रमणका कारण उपसभापति पूर्णबहादुर खड्का सहभागी छैनन भने, अष्ट्रेलिया भ्रमणमा गएका अर्का उपसभापति धनराज गुरुङ पनि बैठकमा सहभागी छैनन् । सिट बाँडफाँटमा सहमति जुटाउन बनेको कार्यदलको बैठकअघि देउवाले पार्टीमा छलफल गरेका हुन् । 

कार्यदलको बैठक सोमवार ३ बजे बस्दैछ ।

नेकपा माओवादीलगायत गठबन्धनका दलले प्रतिनिधि सभाका ५० प्रतिशत सिटमा दाबी पेश गरेका छन् । कांग्रेस केन्द्रीय समिति बैठकले भने बहुमत आफूसँग रहने गरी चुनावी तालमेलको निर्णय गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्