३० जेठ २०८३, शनिबार

मसाज गर्ने क्रममा हात अन्तै पु–याउँदा पाँच वर्ष जेल, ५० हजार जरिवाना

कात्तिक २०, २०७४
मसाज गर्ने क्रममा हात अन्तै पु–याउँदा पाँच वर्ष जेल, ५० हजार जरिवाना

काठमाडौं, १३ साउन — भारतको गुडगाँवमा एउटा ब्युटी पार्लरमा काम गर्ने युवकलाई आफ्नो ग्राहकमाथि दुर्व्यवहार गरको आरोपमा पाँच वर्ष कैद सजाय र ५० हजार भारु जरिवानाको सजाय सुनाइएको छ ।


यी आरोपितको नाम रवि हो र उनले आफ्नो ब्युटी पार्लरमा पेडिक्योर गर्न आएकी एक १७ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको पाइयो ।

रविको उमेर २० वर्ष बताइएको छ । उनलाई प्रोटेक्सन अफ चाइल्ड फ्रम सेक्सुअल अफेन्सेस अन्तर्गत दोषी पाइएको थियो ।

सेसन कोर्टकी न्यायाधीश रजनी यादवले भनिन्, ‘यस्ता किसिमका फैसलाहरूबाट समाजमा एउटा कडा सन्देश जान्छ र पीडितहरू पनि अपराधको सूचना दिन उत्प्रेरित हुन्छन् । कडा सजायको डरले मानिसहरू महिला तथा बालिकाको गरिमामा चोट पु–याउन डराउँछन् ।’

पार्लरमा भएको अप्रिय अनुभवका बारेमा बच्चीले आफ्नी आमालाई बताइन् । त्यसपछि रविलाई मे २०१६ मा पक्राउ गरियो ।

घर गएर बच्चीले आफ्नी आमालाई बताएअनुसार रविले पेडिक्योर गर्दा उनको गोडाभन्दा निकै माथिसम्म हात दौडाइरहेको थियो । त्यति मात्र नभएर उसले पेडिक्योर गर्न धेरै बेर पनि लगायो ।

अदालतमा बयान दिँदै आमाले भनिन्, ‘पेडिक्योर घुँडासम्म गरिन्छ तर रविले मेरी छोरीको तिघ्रासम्म हात पु–यायो र यो अनुचित व्यवहार हो । मेरी छोरी यो कुरा बताउँदाखेरी रोइन् ।’

प्रहरीका अनुसार पेडिक्योर गराउँदा बालिकाले शर्ट्स लगाएकी थिइन् र रविले उनको शर्ट्स पनि माथि सारिदियो । उसको हर्कत देखेर बालिकालाई असहज लाग्यो र उनले छिट्टो पेडिक्योर सक्न भनिन् ।

घटनाक्रम थाहा भएपछि बालिकाकी आमाले पार्लर मालिकसँग कुरा गरिन् र रविविरुद्ध मुद्दा चलाउने निर्णय भयो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्