३१ असार २०८३, बुधबार

आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त पुनः नियुक्त

आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त पुनः नियुक्त

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।

संचालक समितिको असार ७ गतेको १२० औं बैठकको निर्णयअनुसार सो पदमा श्रेष्ठ सोमवारदेखि लागु हुने गरी दोस्रो कार्यकालको लागि पुनः नियुक्त भएका हुन् । 

श्रेष्ठ २७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन्  ।

बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ७ बर्षमा आईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको कम्पनीले   जनाएको  छ । 

सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत  श्रेष्ठ दोस्रो कार्यकालको लागि पुनः नियुक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

कार्यकारी अधिकृतको सपथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्