
शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस् बीच नेपाली कथानक चलचित्र ‘महापुरुष’ का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । मंगलवार शिवम् सिमेन्ट र षट्कोण आर्टस्बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त कार्यक्रममा शिवम्का सेल्स एण्ड मार्केटिङका भाइस प्रेसिडेन्ट, के.पी. रिजाल, कन्ट्री हेड निखिल अग्रवाल र डि.जि.एम. मार्केटिङका केशव अर्याल तथा षट्कोण आर्टस्को तर्फबाट निर्देशक प्रदीप भट्टराई, निर्माता रवीन्द्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्रीलगायत उपस्थित भएका थिए ।
उक्त चलचित्र आगामी कात्तिक ११ मा रिलिज हुँदैछ ।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रूपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरूसँग सहकार्य गर्ने क्रम बढ्दै गएको छ । सोही क्रमको निरन्तरतास्वरुप एक–आपसको भरोसालाई मजबुत पार्ने उद्देश्यले शिवम् सिमेन्ट लिमिटेडले मह सञ्चारको अघिल्लो चलचित्र ‘शत्रु गते’, ‘दालभात तरकारी’लगायतका फिल्ममासमेत सहकार्य गरेको थियो । जसबाट दुवै पक्षलाई एक–आपसको प्रर्बद्धनमा थप टेवा पुग्नुको साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको थियो ।
सम्झौतापछि चलचित्रका निर्देशक प्रदीप भट्टराईले शिवम् सिमेन्टजस्तो अग्रणी ब्राण्डसँग सहर्काय गर्दा चलचित्र निर्माण एवं प्रबद्र्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्राण्डलाई समेत सहकार्य गर्न हौसला मिलेको बताए । विभिन्न ब्राण्डहरूले चलचित्र क्षेत्रमा सहकार्य गर्नु सकारात्मक भएको बताउदै शिवम् सिमेन्टप्रति आभार व्यक्त गरेका थिए ।
शिवम् सिमेन्ट लिमिटेडले आफूप्रतिको भरोसालाई मजबुत पार्दै विभिन्न क्षेत्रमा जस्तै, शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।
‘भरोसा अटुट सम्बन्धको’, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ तथा ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’जस्ता नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल दाबी गर्दै आएको छ । देशको विभिन्न ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट सम्मानित भएको थियो ।
ओपिसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्टले सन् २००९ मा हेटौँडामा स्थापित उद्योगबाट सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम्ले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगााकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असलीसिमेन्ट बन्न सफल भएको कम्पनीले बताएको छ ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसआई, युआरएस प्रमाणित आईएसओ सर्टिफिकेटप्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।