०९ असार २०८३, मंगलबार

कन्टेनरभित्र एक पुरुषको शव भेटियो

कन्टेनरभित्र एक पुरुषको शव भेटियो

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ । ना ३ ख ४७४३ नं को ट्रक कन्टेरभित्र मंगलवार बिहान एक पुरुषको शव भेटिएको हो । 

अन्दाजी ३०/३५ वर्षको पुरुषको शव ट्रकभित्र फेला परेको प्रहरीले जनाएको छ । कन्टेनर केही दिनदेखि त्यहाँ रोकेर राखिएको थियो । शवको पहिचान नखुलेको मोरङ प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाको टोली पुगेर थप घटनाको अनुसन्धान शुरु गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्