२८ जेठ २०८३, बिहीबार

अफगानिस्तानमा ५१ लडाकू मारिए

कात्तिक २०, २०७४
अफगानिस्तानमा ५१ लडाकू मारिए
काबुल, १३ साउन । अफगानिस्तानका विभिन्न ठाँउमा भएका सुरक्षा कारबाहीमा परी करिव ५१ जना लडकूहरूको मृत्यु भएको छ । 

रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा कारबाहीका क्रममा अरु कम्तीमा ४६ जना घाइते भएको उल्लेख छ । 

“दश विभिन्न विषेश सहित २६ सुरक्षा कारबाही चलाइएको थियो, गत चौबिस घण्टामा धेरै ठाँउबाट शत्रुहरु लखेटिएका छन्,” मन्त्रालयद्धारा जारी वक्तव्यमा भनिएको छ । 

वक्तव्यका अनुसार, डाडुल्लाहको नामले चिनिने तालिवानका स्थानीय नेता क्वरी अस्साडुल्लाहको मृत्यु भएको छ । 

सुरक्षा निकायहरुले देशभरका ३४ प्रान्तमध्ये १६ मा सुरक्षा कारबाही गरिएको जनाएका छन् । 

“आतङ्कवादी विरुद्धको हवाई कारबाहीका लागि ११० उडान गराइएको थियो,” वक्तव्यमा भनिएको छ । 
रक्षा मन्त्रालयको वक्तव्यमा सरकारी सुरक्षाकर्मी तर्फ के कति क्षति भएको थियो भन्ने स्पष्ट पारिएको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्