
नर्भिक इन्टरनेसनल हस्पिटल प्रालिले काठमाडौं महानगरपालिकाले बद्नियतपूर्ण ढंगले भवन भत्काउन लगाएको भन्दै आपत्ति जनाएको छ । महानगरले सोमवार पत्राचार गरेर टहरा भत्काउन निर्देशन दिएपछि अस्पतालले आपत्ति जनाएको हो ।
अस्पतालले महानगरले आफ्नो कार्य क्षेत्रभन्दा बाहिर गएर नर्भिकलाई भवन हटनउन निर्देशन दिएकोमा आपत्तिसमेत जनाएको छ ।
अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर श्रेष्ठले मंगलवार पत्रकार सम्मेलन गर्दै महानगरको निर्णयप्रति आपत्ति जनाएका हुन् । उनले भने, ‘हामी कानून मान्न तयार छौँ, आजको आजै भत्काउँ भन्न भएन, सम्झौताअनुसार तीन महिनाको समय दिनुपर्छ ।’
उनले महानगरले पूर्वजानकारी नदिइकन भवन भत्काउन लगाएको भन्दै भने, ‘के कारण त्यसो गरियो थाहा छैन, तर सम्झौताअनुसार भएन ।’
अध्यक्ष श्रेष्ठले महानगरले आफ्नो कार्यक्षेत्र नै बिर्सिएको बताए । ‘सरकारले निर्देशन दिएमा तीन महिनाभित्र जग्गा खाली गर्छौँ, तर महानगरले निर्देशन दिने होइन’ उनले भने ।
अस्पताल र सरकारबीच भएकाे सहमति
