२३ असार २०८३, मंगलबार

प्राविधिक सहायक पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्राविधिक सहायक पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय कालिकोटका तत्कालीन प्राविधिक सहायक रत्नप्रसाद पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । 

पाण्डे हाल जुम्लाको गुठीचौर गाउँपालिकामा छैठौं तहको अधिकृतको रूपमा कार्यरत छन् । उनीविरुद्ध ३ लाख ८८ हजार ७५० रुपैयाँ अनियामितता गरेको भन्दै मंगलवार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो । 

अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारी जारी प्रेस विज्ञप्तिमा पाण्डेले तालिम सञ्चालन गरेको भन्दै झुट्टा बिल समावेश गरी अनियमितता गरेको अनुसन्धानबाट खुलेको उल्लेख छ । तालिम कार्यक्रमका फोकल पर्सनका रूपमा खरिद नै नगरेको समान खरिद तथा ढुवानी गरेकोसमेत खर्च देखाई अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ ।
 

salt training

कमेन्ट गर्नुहोस्