
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटका उपभोक्ता समितिका अध्यक्षसहित ३ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मंगलवार मुद्दा दर्ता गरेको छ ।
साविक जिल्ला विकास समितिको कार्यालय कालिकोटबाट आर्थिक वर्ष २०७०÷०७१ मा संचालित योजनाको भवन निर्माण कार्यक्रममा अनियमितता गरेको भन्दै मुद्दा दर्ता गरिएको हो । कालिकोटको मान्म–८ ताडीस्थित अल्लो धागो प्रशोधन केन्द्रको भवन निर्माण कार्यमा झुट्टा बिल बनाई स्रेस्तामा समावेश गरी २ लाख ५१ हजार ५२९ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दर्ता गरिएको हो ।
उपभोक्ता समितका अध्यक्ष नन्दप्रसाद पाण्डे, सचिव नरेन्द्रप्रसाद पाण्डे र कोषाध्यक्ष विनिता राना (पाण्डे) लाई प्रतिवादी कायम गरी मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।