
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलवार अपराह्न भेटवार्ता भएको छ ।
आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने बारेमा छलफल गर्न डा. भट्टराई प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । दुई नेताबीचमा समसामयिक राजनीतिक विषय, गठबन्धन निर्माण, चुनावी तालमेललगायतका विषयमा छलफल भएको बताइएको छ ।
डा. भट्टराई नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवलाई पनि लिएर बालुवाटार प्रवेश गरेका थिए । डा. भट्टराईले हालै जनता समाजवादी पार्टीबाट अलग भई नेसपा गठन गरेका छन् । जसपा यसअघि नै पाँच दलीय गठबन्धनमा सहभागी भइसकेकाे छ ।
छुट्टै पार्टी गठन गरेको डा. भट्टराई पनि गठबन्धनमा सहभागी हुने विषयमा प्रधानमन्त्री देउवासँग पटक–पटक छलफल भइसकेको स्रोतले बताएको छ ।