२६ जेठ २०८३, मंगलबार

ताइवानको दाबी– चीनले आक्रमण गर्नका लागि नै सैन्य अभ्यास गरेको हो

साउन २४, २०७९
ताइवानको दाबी– चीनले आक्रमण गर्नका लागि नै सैन्य अभ्यास गरेको हो

चीनले ताइवान टापु वरपर विशाल सैन्य अभ्यासका साथ ताइवानमाथि आक्रमणको तानाबान बुनेको त्यहाँका परराष्ट्रमन्त्री जोसेफ वुले दाबी गरेका छन् । 

‘ताइवान आक्रमणका लागि चिनियाँ सेनाले तयारी गरेको हो,’ वुले पत्रकार सम्मेलनमा बताए । 

ताइवानी जनताको आत्मविश्वास डगमागाओस् भनी चीनले विशाल सैन्य अभ्यास, क्षेप्यास्त्र प्रक्षेपण, साइबर आक्रमण, गलत सूचना प्रवाह तथा आर्थिक मिच्याइँ गरिरहेको वुको दाबी छ । 

‘ताइवान जलसन्धि र समग्र क्षेत्रको यथास्थितिमा परिवर्तन ल्याउने चीनको वास्तविक उद्देश्य हो,’ उनले बताए । 

यी अभ्यासहरू ताइवानको अधिकारको घोर उल्लंघन भएको बताउँदै वुले ताइवान वरपरको जलक्षेत्र र बृहत्तर एसिया प्रशान्तमा बेइजिङले नियन्त्रण कायम गर्न खोजेको दाबी गरे । 

ताईपेईले पनि लाइभ फायर ड्रिल गरेपछि वुले यस्तो बयान दिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्