०४ साउन २०८३, सोमबार

प्रचण्डप्रति महेश बस्नेतको कटाक्ष– ...त्यति भनेपछि झल्याँस्स ब्यूँझेछु भन्नुहुनेछ

प्रचण्डप्रति महेश बस्नेतको कटाक्ष– ...त्यति भनेपछि झल्याँस्स ब्यूँझेछु भन्नुहुनेछ

नेकपा एमालेका सांसद महेश बस्नेतले नेपाल आउँदै नआएका सिन्जु आवेलाई भेटेको भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा नेपालको बेइजत गरेको टिप्पणी गरेका छन् । 

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा बस्नेतले आवेलाई भेटेको भनेर प्रचण्डले जापानमा दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका हुन् । 

‘एकजना माननीयले संघीयताले बाँदर र बँदेल ल्याएको हो र भनेर संसदमा प्रश्न गर्नुभयो । संघीयताले बाँदरे प्रवृत्तिका दल र बँदेल प्रवृत्तिका नेता ल्यायो । जापानजस्तो देशमा गएर पूर्वप्रधानमन्त्री जो नेपालमा आउनु भएको छैन, उनलाई भेटे भनेर भन्ने नेताले नेपालको नेपालको इज्जत राख्न सिकुन्’ बस्नेतले भने, ‘डायनामिक नेता भएकोले नेपाल फर्केर विमानस्थलमा पत्रकार सम्मेलनमा भन्नु हुनेछ मैले त्यति भनेपछि झल्याँस्स ब्यूँझेछु ।’ 

सांसद अमृता थापा प्रस्तावक रहेको जरुरी सार्वजनिक प्रस्तावमाथिको छलफलमा बस्नेतले महिला सांसदको ध्यान एम अधिकारी खोज्नमा केन्द्रित भएको टिप्पणी गरे । ‘गठबन्धन मिले, महिला अधिकार निले भन्ने नारा चल्यो, प्रत्यक्षतर्फ महिलाको सहभागिता बढाउन आवाज उठाउनुको सट्टा एम अधिकारीलाई खोज्नमा ध्यान छ, महिला अधिकार खोज्न छैन’ बस्नेतले भने । 

salt training

कमेन्ट गर्नुहोस्